एमाले बैठक : राजनीतिक-सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष र महासचिव

काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक काठमाडाैँकाे बबरमहलमा जारी छ । बैठकमा शुरूमा प्रदेश संयोजकहरूले प्रदेशगत रिपोर्टिङ गर्दै छन् । प्रदेशकाे तर्फबाट प्रदेश संयोजकहरूले रिपोर्टिङ गर्ने छन् । प्रदेश संयाेजकहरूसँगै उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकहरूले समेत रिपोर्टिङ गर्ने छन् ।

यसपछि बैठकले मुख्य एजेन्डामा छलफल थाल्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए । प्रदेश स‌ंयाेजकहरूसँगै विशेष कमिटीहरूकाे रिपार्टिङ सकिएपछि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पाेखरेलले क्रमश: राजनीतिक र सांगठनिक प्रतिवेदन पस्तुत गर्ने छन् । ‘राष्ट्रगान गाएर र शहीदहरूप्रति मौनधारण गरेर प्रारम्भ भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ,’ भट्टराईले भनेका छन् ।

११ वटा कार्यसूची तय

एमालेले यो बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । जसमा रिपार्टिङदेखि लेखा तथा आर्थिक व्यवस्थापन विनियमसम्मका एजेन्डामा एमालेले छलफल गर्दै छ ।

१, रिपोर्टिङ

२, राजनीतिक प्रतिवेदन

३, विभागहरूको गठन

४, स्थानीय निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया

५, घोषणापत्र तयारी

६, पार्टीको वार्षिक क्यालेन्डरको तयारी

७, पार्टी स्थापना दिवस

८, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९, सचिवालयको बैठकका निर्णयहरूकाे अनुमोदन

१०, लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११, विविध

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =