सेनाका भगौडाको ठगी धन्दा, आर्मीमा जागिर लाइदिने भन्दै पैसा असुली

पोखरा । नेपाली सेनाका भगौडाले आफुलाई सेनाको क्याप्टेन भन्दै ठगी गरेका छन् । उनले क्याप्टेनको ड्रेस लगाएर सर्वसाधारणसँग पैसा उठाएका हुन् ।

सेनाको विभिन्न पदमा जागिर लाइदिन्छु भन्दै उनले पैसा मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अर्जुन कटुवाल नाम बताउने ओखलढुंगाका धनबहादुर नेपालीले आफु शान्ति सेना मिसनमा कार्यरत रहेको र सेनामा भर्ति गर्न सहयोग गर्ने भन्दै धेरै मान्छेहरूबाट उनले पैसा असुलेका थिए ।

ओखलढुंगाकी सरिता खड्काले बहिनीलाई सेनामा भर्ती लगाउन १ लाख ५० हजार बुझाईन् । त्यसपछि परियारले उनलाई फेसबुकमा ब्लक गरिदिएको पाईएको छ । सोही क्रममा सिर्जना तामाङले आफ्ना भाइहरूलाई सिंगापुर पुलिसमा भर्ती हुनका लागि ५ लाख मनी ट्रान्सफरबाट पठाएकी थिइन् । उनले १५ लाख मागेको र बाँकी रकम भर्ती भएपछि दिन भनेका थिए ।

पैसा पाएपछि तामाङलाई पनि ब्लक गरिदिए र गायa भए । दोलखा बैतेश्वरका अर्जुन बस्नेतले समेत छोरालाई सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाउने आसमा ४ लाख रुपैयाँ बुझाएका थिए ।

उनले सामाजिक सन्जालमा समेत सेनाकै ड्रेस लगाएको फोटोहरू राखेका छन् । ठगिनेहरू उनको फोटो देखेर झुक्किएको प्रहरीले जनाएको छ । ‘कहिलेकाहीँ साथीहरूसँगको फोटो पनि राखेको छ । क्याप्टेनको फोटो भएपछि विश्वास लागेर कारोबार गरेको देखिन्छ,’ कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारी भन्छन्, ‘धेरैलाई ठगेको देखियो । थप अनुसन्धान भैरहेको छ ।’

ठगिएका तीनैजनाको उजुरीको आधारमा प्रहरीले फागुन अन्तिम दिन पक्राउ गरेको हो । उनले सेनामा भर्नाका लागि चाहिने कागजात समेत राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *