दुई जिल्लाबाट छुट्टाछुट्टै नागरिकता लिएकी पूजा पक्राउ

पोखरा । दोहोरो नागरिकता लिएको आरोपमा एक युवती काठमाडौंबाट पक्राउ परेकी छन् । गोरखा र कास्कीबाट दुई फरक नागरिकता लिएको आरोपमा पूजा ढकाललाई गोखरा प्रहरीले पक्राउ गरेको हो ।

पोखरा लेकसाईड माइती भएकी उनले २०६७ मंसिर ८ गते कास्कीबाट पहिलो नागरिकता लिएको र २०६७ मंसिर २८ गते गोरखाबाट अर्को नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।

पूजाले गोरखामा गाइने सार्कीलाई बुवा बनाएर नागरिकता लिएकी थिइन् । उनलाई दोहोरो नागरिकतासम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =