फोटो खिचाएकाहरूको मतदाता नामावलीमा नाम छैन

पोखरा । उमेर पुगेर फोटो खिचाएका झण्डै ३ सय जनाको नाम मतदाता नामावलीमा परेको छैन । कास्की जिल्लाभर २ सय ६७ जनाको नाम नामावलीमा छुटेको हो ।

नाम दर्ता गराएकाहरूको नाम छुटेपछि निर्वाचन कार्यालयमा दैनिक गुनासो लिएर पुग्ने गरेका छन् । नामावलीमा दाबी विरोध पूर्व नै सूची पठाए पनि आयोगको केन्द्रीय कार्यालयले नाम छुटाएको जिल्ला निर्वाचन कार्यालय कास्कीको आरोप छ ।

कार्यालय प्रमुख हुमनाथ पराजुलीले २० गते पठाएको नाम समेट छुटेको बताएका छन् । आयोगले २६ गतेसम्म अन्तिम नाम मागेको थियो । ‘१८ गतेसम्मको नाम समावेश भएको छ । त्यसपछिका दुई दिनको नाम आएन,’ उनले भने, ‘दाबी विरोधको समयअगावै नाम पठाउँदा समेत छुट्नु हाम्रो गल्ती होइन । आयोगको कमजोरी हो ।’

छुटेका नामावलीबारे छलफल भइरहेको उनले बताए । अधिकांश मतदाता नामावली फरक ठाउँमा सार्नेहरूको छुटेको पाइएको छ । ‘बसाइसराइ गरेर आएका र विवाह गरेर आएकाहरूको नाम आयोगमा अपडेट भएको छैन । यसबारे माथि जानकारी गराएका छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *