दुई जिल्लाबाट छुट्टाछुट्टै नागरिकता लिएकी पूजा पक्राउ
२०७८ चैत ७ गते

पोखरा । दोहोरो नागरिकता लिएको आरोपमा एक युवती काठमाडौँबाट पक्राउ परेकी छिन् । गोरखा र कास्कीबाट दुई फरक नागरिकता लिएको आरोपमा पूजा ढकाललाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
पोखरा लेकसाईड माइती भएकी उनले २०६७ मङ्सिर ८ गते कास्कीबाट पहिलो नागरिकता लिएको र २०६७ मङ्सिर २८ गते गोरखाबाट अर्को नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।
पूजाले गोरखामा गाइने सार्कीलाई बुवा बनाएर नागरिकता लिएकी थिइन् । उनलाई दोहोरो नागरिकतासम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ ।
२०७८ चैत ७ गते
प्रतिक्रिया
सम्बन्धित









