इन्जिनियरहरूको पेसागत विकासका लागि प्रतिबद्ध छाैँ : डा. दर्लामी

काठमाडाैँ । नेपाल इञ्जिनियर्स एसोसियसनका नवनिर्वाचित अध्यक्ष डा. हरिबहादुर दर्लामीले इन्जिनियरहरूको पेसागत क्षमतासँगै संस्थागत विकासका लागि प्रतिबद्व रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालले आयोजना गरेको बधाई कार्यक्रममा दर्लामीले पेशागत मर्यादाको अभिवृद्धिका साथै इन्जिनियरहरूको हकहितका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

उनले इन्जिनियरहरूका लागि आफ्नो कार्यकालमा इन्जिनियर प्रशिक्षण प्रतिष्ठान स्थापना स्थापना गर्ने पनि बताए । प्रदेशमा पनि विभिन्न तालिम सेमिनार र गोष्टि गर्नका लागि प्रादेशिक समितिलाई सक्रिय बनाउने उनकाे भनाई छ ।

एसोसियसनको हालै नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा दर्लामी अध्यक्ष पदमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा डा. नारायणप्रसाद अधिकारी निर्वाचित भएका थिए । एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =