स्राेत नखुलेको २२ लाखसहित पोखराबाट १ जना पक्राउ
२०७८ चैत ६ गते

पोखरा । स्राेत नखुलेको रकम सहित पोखराबाट १ जना पक्राउ परेका छन् । पोखरा ३० पावरहाउस नजिक काठमाडौँबाट पोखरा आउँदै गरेको बसमा खानतलासी गर्दा स्राेत नखुलेको २२ लाख रुपैयाँ सहित परासी स्थित सुस्ता गाउँपालिका २ का ३० वर्षीय कुलदेव कुमाल पक्राउ परेका हुन् ।
उक्त पैसा के का लागि ल्याईएको र कहाँबाट ल्याएको भन्ने अझै खुलेको छैन । शनिबार राती बा ३ ख ८६२१ नम्बरको बसबाट उनी पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भैरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
२०७८ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित









