थप १७ जनामा कोरोना संक्रमण, ४०९ संक्रमणमुक्त

काठमाडाैँ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ९३ पीसीआर परिक्षणका क्रममा ८ जना र २ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ४०९ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६२ हजार ५ सय ८२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ९५ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =