टिप्परमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्परमा मोटरसाईक ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार दिउँसो वीरेन्द्रनगर-११ सेडा क्याम्पस नजिक दुर्घटना भएको हो ।

रत्नराजमार्ग अन्तर्गत पिपिराबाट धुलियाबिट तर्फ जादै गरेको भे १ ख ३३०२ नम्बरको टिप्पर र सोही दिशातर्फ जाँदै गरेको भे ७ प १७९९ नम्बरको मोटरसाईल टिप्परको पछाडि ठोक्किँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको कणरली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइ रहेको छ । टिप्पर चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *