बैंकिङ र व्यावसायिक क्षेत्रमा देखिएका समस्या समाधानमा चुनाैती छन् : अर्थमन्त्री

काठमाडाैँ  । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यावसायिक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चुनाैती रहेको बताएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चुनाैतीपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताएका छन् ।

मन्त्री शर्माले अहिले आयातमा निकै बृद्धि भएको अन्तर्राष्ट्रिय क्षेत्रको हरेक वस्तुमा मूल्यवृद्धि हुनुले बैंकिङ र व्यावसायिक क्षेत्रमा असर परेको धारणा राखे । उनले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रुपमा क्षेत्रहरू निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गरे । आयात प्रतिस्थापनका लागि उत्पादनमा सरकारले विशेष जोड दिएको उनकाे भनाई छ । उनले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले नीजि क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायीक प्रवर्द्धन गर्ने उदेश्यले नै बजेट तयार गरिएको बताए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने बिषय राष्ट्रिय रोग नै रहेको भन्दै यसका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न नसकेको भन्दै यस क्षेत्रमा लगाइएको सबै प्रकारका बन्देजहरू हटाइदिनुपर्ने धारणा राखे ।

कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =