माओवादी केन्द्र लुम्बिनीले तोक्यो ९ जिल्ला संयोजक
२०७८ चैत ४ गते

काठमाडाैँ । माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेशअन्तर्गतका जिल्ला संयोजक तोकेको छ । बुधबार बसेको प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको प्रदेश समिति सचिव कृष्ण अधिकारीले बताए ।
उनकाअनुसार रुकुम-पूर्वमा होमप्रकाश श्रेष्ठ, नलवपरासी पश्चिममा भवेश्वर तिवारी, रुपन्देहीमा नारायण तिवारी, कपिलवस्तुमा विष्णु शाह र गुल्मीमा बिरबहादुर कार्की संयोजक तोकिएका छन् ।
त्यस्तै प्युठानमा तिजबहादुर एमसी, रोल्पामा सुरेन्द्र घर्ती, दाङमा तुलसीराम पुन र अर्खाखाँचीमा राजेन्द्र भुसाल तोकिएका छन् ।
२०७८ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








