चुनावमा जाँदा प्रधान मन्त्रीले राजीनामा दिनु नपर्ने, मेयरले किन पर्ने ?

काठमाडौँ । नेकपा एमाले उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गरेका छन् । मेयर वा अध्यक्ष स्थानीय तहको प्रधान मन्त्री भएको भन्दै उनले पद खाली गरेर चुनावमा जान नपर्ने तर्क गरेका हुन् ।

निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्नेछ । ‘प्रधान मन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका पालिका अध्यक्ष वा मेयरहरूले भने चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’ एमाले उपमहासचिव विष्णु रिमालले भनेका छन्, ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नु पर्ला । तर, यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’

कुनै पनि सेवा अवरुद्ध नहोस् भनेर अवधि सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने आयोगले गरेको कानुनी प्रावधान विपरीत पद खाली गर्ने आचार संहितामा किन ? रिमालले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =