नगद ४ लाख सहित १९ जुवाडे पक्राउ
२०७८ चैत ३ गते

पोखरा । गोरखामा जुवा खेल्ने १९ जना पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका ३ सौरपानीमा तास खेलिरहेको अवस्थामा १९ जनलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९० हजार ८४० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
२०७८ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित









