माओवादीले जिते देशकाे मुहार फेरिन्छ : नेता पाेखरेल
२०७८ चैत ३ गते

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका नेता गिरिराजमणी पाेखरेलले आउँदाे चुनावमा आफ्नाे पार्टीले जिते देशले मुहार फेर्ने बताएका छन् । हाेली महाेत्सवलाई सम्बाेधन गर्दै उनले भनेका छन्— ‘आउँदाे चुनावमा हाम्राे पार्टीले जितेकाे खण्डमा देश अर्कै दिशामा, सकारात्मक दिशामा जानेछ । अझै हामीसँग कुरीतिहरू बाँकी छन्, महिलाहरूलाई बाेक्सीकाे आराेपमा कुट्न छाडिएकाे छैन । समाज आधुनिकतासम्म लानुपर्ने छ । यसका लगि माओवादी केन्द्रले जित्नुपर्छ ।’
चुनावकेन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गरेका उनले थपे— ‘चुनावकेन्द्रित भएर जाउँ । हामीले चुनावबित्तिक्कै देश निर्माणकाे काम थालनी गर्नुपर्ने छ । हाम्राे पार्टीलाई जनताकाे समस्या सुन्ने सङ्गठनकाे रूपमा स्थापना गर्नुपर्छ ।’
२०७८ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








