दाङमा टेलिकमको फाइबर काटिँदा कर्णालीका तीन जिल्लामा सेवा अवरुद्ध

सुर्खेत । तीन जिल्लामा नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । बुधबार साँझ ५ बजेबाट नेपाल टेलिकममा सबै सेवा अवरुद्ध भएको हो ।

दाङ जिल्लाको घोराई र तुल्सीपुरबीचमा डोजरले नेपाल टेलिकमको फाइबर तार काटिदा कर्णाली तीन जिल्लामा फोन सँगै इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

फाइबर काटिएसँगै कर्णालीका सल्यान रूकुम पश्चिम सहित जाजरकोट जिल्लाका केहीँ स्थानमा समेत सेवा अवरुद्ध भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख सन्तोस शर्माले जानकारी दिए ।

अहिले प्राविधिक टोली उक्त स्थानमा खटिएर मर्मत गरिरहेको नेपाल टेलिकम सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *