सुनसरीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीमा तीन नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका-५ सिमरवन जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देविथानका २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन । विशेष सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न गएका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =