संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवत्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

संसदको यो अधिवेशन पनि मुख्य विपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरेको थियो । अवरोधकै बीच प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरिएको थियो ।

संसदमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएपनि यसमाथि छलफल नै नगरी सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =