थप ८३ जनामा काेराेना संक्रमण

काठमाडाैँ । नेपालमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ७ सय ३४ पिसिआर परिक्षणका क्रममा ५७ जना र ३ हजार १ सय ५० एन्टीजेन परिक्षणका क्रममा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप १ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार ३ सय ४८ जना निको भएका छन् ।

हाल नेपालमा ४ हजार ७ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =