महिला हिंसाविरुद्ध एम्स कलेजका विद्यार्थीकाे मौन जुलुस

विराटनगर । विराटनगरस्थित एम्स कलेजका विद्यार्थीहरूले देशमा भइरहेका नारी हिंसाका विरुद्ध मंगलबार मौन जुलुस निकालेका छन् ।

कलेजकाे प्राङगणदेखि शुरू भएकाे माैन जुलुस विराटनगरका विभिन्न ठाँउमा पुगेकाे थिए । उनीहरूले ‘सरकार देखाउ इच्छा, खै त महिलाको सुरक्षा’, मेरो कपडाको लम्बाइले मेरो चरित्रको बयान गर्दैन’, ‘कति चुप बस्ने, अब त नसहने’, ‘के बलात्कार समाचारको विषय मात्र हाे ?’, ‘के महिलालाई आरक्षण दिँदा मात्र महिला ?’, ‘अब शिक्षा छोरालाई’ जस्ता नारा भएका प्लेकार्डहरू बाेकाे थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख सिएम बस्नेत, कोओर्डिनेटर सुरेन्द्र मण्डल, शिक्षक शिक्षिका, कर्मचारी लगायत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रमले विद्यार्थीहरूमा चेतनाको विकास हुने, संस्कार सिक्ने, सामाजिक उत्तरदायित्व बढ्नुका साथै राष्ट्रप्रति जिम्मेवार नागरिक बन्ने कुरा क्याम्पस प्रमुखले बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =