गाविस सचिवले पारे ६१ लाख झ्वाम, ५ वर्षपछि अख्तियारले हाल्यो मुद्दा

पोखरा । गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिवले करिब ६१ लाख रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ ।

सामाजिक सुरक्षा भत्ताबापत प्राप्त रकम हिनामिना गरेको आरोपमा तत्कालीन सचिव दिपकबहादुर दर्जी सहित ४ जनाले उक्त रकम निकालेर आफैले राखेका हुन् । आर्थिक वर्ष २०७३/०७४ मा साविक हंशपुर गाविसका हेल्थ असिस्टेण्ट सुरेश दवाडी, कार्यालय सहयोगी विशाल विक र साविक मुच्चोक गाविसका अहेव चन्द्रकान्त सुवेदी समेतले सामाजिक सुरक्षा भत्ताको रकम झ्वाम पारेका हुन् ।

सचिव दर्जीले हंशपुरमा दवाडीसँग र मुच्चोकमा सुवेदीसँग संयुक्त खाता सन्चालन गरेका थिए । उक्त रकम निकालेर लेखापरीक्षण नगरी उनले ६० लाख ९७ हजार ६ सय रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । आर्थिक कारोबारको हिसाव नबुझाई जिविसबाट निकासा भएको तेश्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न चेक लिएको तर वितरण नगरेको अनुसन्धानबाट खुलेको छ ।

साविक हंसपुरको २७ लाख २३ हजार २ सय र मुच्चोकको ३३ लाख ७४ हजार ४ सय आफैले निकालेर खर्च गरेको भेटिएको छ । संयुक्त खाताबाट रकम निकालेर कार्यालय सहयोगी विशालको खातामा जम्मा गरेका थिए । दवाडी र विकलाई २७ लाख २३ हजार २ सय बिगाे कायम गरी सजाएँ मागिएको छ भने अर्का आरोपी सुवेदीलाई ३३ लाख ७४ हजार ४ सय बिगाे मागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 6 =