थप ५८ जना काेराेना संक्रमित, मृतक शून्य
२०७८ फागुन ३० गते

काठमाडाैँ । नेपालमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा ५० जना र १ हजार ८ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ । हालसम्म नेपालमा कोरानाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप १ सय ४८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६१ हजार २ सय १८ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ८ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७८ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








