संसदीय सुनुवाइ समितिद्वारा न्यायाधीश पदमा सिफारिस श्रेष्ठकाे सुनवाई शुरू

काठमाडाैँ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस भएका तिल प्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले न्यायपरिषद्बाट सिफारिस भएका श्रेष्ठका विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । केही दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधीश पदका लागि विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

समितिले श्रेष्ठविरुद्ध उजुरीका लािग १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । १० दिनको समयपछि श्रेष्ठमाथिको थप सुनुवाई अघि बढ्ने सभापति कर्णले बताए ।

सुनुवाई समितिबाट प्रस्तावित नाम अनुमोदन भए राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =