‘एमसीसी आफ्नै पार्टीले संसद्मा पेश गर्दा भीम रावलकाे दिमाग खुस्क्या थ्याे ?’

नुवाकाेट । प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसीबारे एमाले नेता भीमबहादुर रावलले गरिरहेकाे विराेधमा कुनै तुक नभएकाे बताएका छन् । साेमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले यस्ताे बताएका हुन् । ‘मैले ओलीजीले संसद्मा पेश गरेकाे प्रस्ताव पारित गर्न खाेज्दाचाहिँ किन उहाँकाे टाएकाे दुखाइ भएछ ?,’ प्रधान मन्त्री देउवाले प्रश्न गरेका छन्, ‘आफ्नै दलले संसद्मा पेश गर्दाचाहिँ हेरिरहने, अनि अहिले मैले नेतृत्व गरेकाे सरकारले पारित गराउन खाेज्दाचाहिँ किन खिलाफमा ? त्यसबेला चाहिँ दिमाग खुस्क्या थियाे ?’
प्रधान मन्त्री देउवाले रावलले राजनीतिक पूर्वाग्रह साँधेर विराेध गरिरहेकाे आराेप लगाए । ‘हामीलाई थाहा छैन र । उहाँ पनि मन्त्री हुनुहुन्थ्याे, ओलीजीकाे मन्त्रिमण्डलमा । अनि अहिले आएर किन टाउकाे दुखाइ ?’








