तनहुँ दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

पोखरा । तनहुँको ऐनापहरामा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दीका रुद्र सेन, लक्ष्मी कुमारी साही र सुमो चालक ओमप्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार मुग्लिनबाट आबुखैरेनीतर्फ गुडिरहेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठक्कर खाएको हो । टाटासुमो सडकदेखि तल खसेको थियो ।

दुर्घटनामा १० जना घाइते भएका छन् । उनीहरूको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ प्रहरीका प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =