कांग्रेस सर्लाहीको सभापतिमा देउवा पक्षका सिंह विजयी

काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका लक्ष्मण रायलाई पराजित गर्दै देउवा पक्षका सिंह निर्वाचित भएका हुन् ।

सिंहले कोइराला पक्षका उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतले पराजित गरे । सिंहले १ हजार ७ सय ५८ मत पाए भने रायले १ हजार ३ सय ७८ मत ल्याएका हुन् ।

उपसभापति पदमा देउवा पक्षका डा. सरोजले १ हजार ७ सय ६४ र इतर पक्षका नविन अधिकारीले १ हजार ४ सय ९३ मत ल्याएर विजयी भए । सचिवमा निरज कार्की र मनोज यादव विजयी भएका छन् ।

कांग्रेसको कुल ३ हजार २ सय ८७ मतदाता रहेको सर्लाहीमा ३ हजार १ सय ७४ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *