प्रचण्ड पछुताउँछन्- ‘गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु मेरो गम्भीर गल्ती थियो’

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई देशको प्रथम राष्ट्रपति नबनाउनु आफ्नो गल्ती भएको दाेहाेर्‍याएका छन् ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘ठूलो पार्टीका रूपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन,’ उनले भनेका छन्, ‘गिरिजाप्रसाद कोइराला विचरा, ती बुढा मान्छे । जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो । उहाँले राष्ट्रपति बन्न खोज्दा दिइँन । ‘खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो । फर्केर हेर्दा अहिले अनौठो लाग्छ ।’

प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेशकेन्द्रित दलका नेता बारम्बार खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधान मन्त्री बन्न आग्रह गरेको पनि बताए । तर, आफूले वाम गठबन्धनको भावनाअनुसार केपी शर्मा ओलीलाई प्रधान मन्त्री बनाएको बताउँदै त्याे आफूले गलत गरेकाे बताए । यद्यपि त्यसबाट आफूले ज्ञान लिएकाे प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =