लिखित परीक्षामा उत्तीर्ण नासु उम्मेदवारहरूले दिए लोकसेवा आयाेगमा धर्ना

काठमाडौँ । लिखित परीक्षामा उत्तीर्ण नायब सुब्बाका उम्मेदवारहरूले लाेकसेवा कार्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरूले आइतबार कमलपोखरीस्थित लोक सेवा आयोगमा अन्तर्वार्ता आह्वान गर्न माग गर्दै धर्ना दिएका हुन् ।

गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भइसक्दा पनि अन्तर्वार्ता अनिश्चित भएकाे भन्दै उनीहरूले धर्ना दिएका हुन् । उम्मेदवारहरूले लाेकसेवाकाे उदासीनताका कारण आफूहरूकाे भविष्य अन्याैलमा परेकाे बताएका छन् ।

यसअघि अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *