प्रचण्डमाथि ढुंगामुढा भएको छैन : सुर्खेत प्रहरी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ढुंगामुढा नभएको प्रहरीले जनाएको छ । सुर्खेतमा आफ्नै कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको खबर सामाजिक सञ्जालमा फैलिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले त्यस्तो नभएको स्पष्ट पारेको हो ।

शुक्रबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा भाषण गरिरहेका बेला प्रचण्डमाथि पूर्व जनमुक्ति सेनाका युवकले ढुंगा प्रहार गरेको भन्दै सामाजिक सञ्जालमा खबर फैलिएको थियो । तर प्रहरीले भने त्यसमा कुनै पनि सत्यता नभएको बताएको छ ।

सुर्खेतमा कुनै पनि घटना नभएको स्पष्ट पार्दै जिल्ला प्रहरीले अफवाह फैलाउनेमाथि कारबाहीको चेतावनी दिएको छ । ‘झुटा भ्रमपूर्ण र शान्ति सुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने ब्यहोरासमेत सूचित गरिन्छ,’ जिल्ला प्रहरीले सामाजिक सञ्जालमार्फत भनेको छ ।

प्रतिक्रिया

One thought on “प्रचण्डमाथि ढुंगामुढा भएको छैन : सुर्खेत प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *