संखुवासभा बस दुर्घटना : मृतक चालक र सहचालकसहित १० जनाको सनाखत

काठमाडौँ ।संखुवासभाको मादी नगरपालिका, सातघुम्तीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ मध्ये १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका ६ की अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटुवाल ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, मादी ५ का ४५ वर्षीय दिपक दाहाल, ५५ वर्षीया वर्षीया भवानी दाहाल ५२ वर्षीय श्याम शेर्पा रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

यस्तै, मादी ४ का ३५ वर्षीय बसका सहचालक उमेश भट्टराई ३८ वर्षीय आईतबहादुर तामाङ, ३५ वर्षीया सबिता राउत कार्की र तेह्रथुमको फाक्चामाराका ३५ वर्षीय बस चालक बिपिन निरौला रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।

ज्यान गुमाएकामध्ये १ पुरुष, २ महिला, १ बालकको सनाखत हुन बाँकी रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताए ।दुर्घटनामा मादी ५ का सुभाष गोले, युका पोखरेल वडा नम्बर ६ का तुलसा कटुवाल, अम्बिका बिक, डम्बरबहादुर कार्की  घाइते भएका छन् ।

मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका ६ को सात घुम्तीमा दुर्घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *