सिमकोट, कर्णालीकै उत्कृष्ट पालिका चामुण्डा दोस्रो

सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकालाई उछिन्दै कार्य सम्पादन मुल्यांकनमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरणमा कर्णाली प्रदेशभरिबाट सिमकोट गाउँपालिका पहिलो भएको हो । यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका दोस्रो हुन सफल भएको छ ।

सिमकोट गाउँपालिकाले ७५ दशमलव ३१ र चामुण्डा विन्द्रासैनी नगरपालिकाले ७४ दशमलव ५६ अंक प्राप्त गरेको आयोगले जनाएको छ । १७ वटा सुचकका आधारमा कार्य सम्पादन मूल्यांकन गरेर नतिजा सार्वनिक गरेको पनि आयोगले जनाएको छ ।

तेस्रो स्थानमा ७० दशमलव ४६ अंकसहित कालिकोटको शुभ कालिका परेको छ । आयोगको सिफारिसमा वितरण गरिने वित्तीय समानीकरण अनुदान कार्य सम्पादनका आधारमा दिईँदै आइएको छ ।

यी हुन् कार्यसम्पादन सूचक

प्रत्येक असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगर सभामा पेश गरे/नगरेको । आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरे/नगरेको ।

घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्‍जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्‍चित कोषमा जम्मा गरे/नगरेको । आगामी आ.व‍.को लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्‍कसहितको विवरण चालु आ.व.को पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको ।

बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको ।

आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था । गत आवको विनियोजित रकम अनुसार खर्चको अवस्था ।

गत आर्थिक वर्षभन्दा अघिल्लो आवको अन्तिम लेखा परीक्षणबाट औल्याएको बेरुजुको अवस्था ।

मलेनिकाले प्रयोगमा ल्याएको स्थानीय सञ्‍चित कोष व्यवस्थापन प्रणालीको प्रयोग स्थानीय तहहरुले पूर्ण रुपमा गरी आवश्‍यक विवरण प्रविष्ट गरे/नगरेको ।

आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे/नगरेको ।

कक्षा १ देखि ८ सम्मको औषत खुद विद्यार्थी भर्ना दर ।

कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ।

सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा “डी” वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थीको प्रतिशत ।

चारपटक गर्भ जाँच गर्ने महिलाको अनुपात ।

कुल प्रजनन संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात प्रतिशत ।

पूर्ण खोप बीसीजी, पोलियो, डिपिटि, हेपाटाइटिस, दादुरा रुवेला, जापानिज इन्सेफिलाइटिस सुविधा लिएका २४ महिनासम्म उमेर समूहका बालबालिकाको अनुपात प्रतिशत ।

कुन पालिकाको अंक कति ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *