संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)
२०७८ फागुन २६ गते

काठमाडौँ । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।
हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
२०७८ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








