गर्मीयाम शुरु : डढेलो र चट्याङको जोखिम

काठमाडौँ । प्रि-मनसुन अर्थात् गर्मीयाम शुरु भएसँगै चट्याङ र डढेलोको जोखिम बढेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुनको अवधिमा सुक्खा हुने भएकाले चट्याङ र डढेलोको बढी जोखिम हुने गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीकाअनुसार प्रि-मनसुनमा दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । तापक्रम बढ्ने र सुक्खायाम हुने भएकाले आगलागी, डढेलाको जोखिम पनि हुन्छ,’ नगरकोटी भन्छिन्, ‘नेपालमा सुक्खायाम र बर्खामा चट्याङको बढी जोखिम हुने गर्छ ।’

नेपालमा जाडोयाम १६ फागुनमा सकिएसँगै गर्मी पनि बढ्न थालेको हो । मौसमविद् नगरकोटीका अनुसार जाडोयाममा पश्चिमी न्यूनचापीय प्रणालीको असर हुने गर्छ भने प्रि-मनसुनमा प्रायः स्थानीय वायुको प्रभाव हुन्छ । योयाममा सानो क्षेत्रमा विकसित भएर साँझपख हावाहुरी मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने उनको भनाई छ । नेपालमा चट्याङबाट बर्सेनि सयजनाको ज्यान जाने गर्छ । सुक्खायाममा आगलागी र डढेलाका घटना पनि बढी हुने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *