स्वास्थ्य सेवा सहज बनाउन ‘क्युरा हेल्थ’ सञ्चालनमा ल्याएका हाैँ (भिडिओ)

सहज स्वास्थ्योपचार सेवा मासिनको पहिलो आवश्यकता हो । यसका लागि विभिन्न अस्पताल, ल्याब र डाक्टरको उपस्थिति बढेको देखिएको छ । तर, सेवाग्राही बिरामी र सेवा प्रदायक चिकित्सक, अस्पताल तथा ल्याबको सहज समन्वय हुन नसक्दा बिरामी अस्पताल घुमेको घुम्यै वा कुरेको कुर्यै गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ, कामकाजी मासिनको व्यस्त जीवनशैलीका कारण अस्पतालमा लाइन लागेर चिकित्सकलाई कुर्ने समय, जाँगर र तागत सबैसँग हुँदैन । यही समस्या समाधान गर्ने  उद्घाेष हालै स्थापना भएकाे ‘क्युरा हेल्थ’ले गरेकाे छ । क्युरा हेल्थ  खासमा के हो र यसबाट कसरी सेवा लिन सकिन्छ ? यी र यस्तै विषयमा मकालु खबरले क्युरा हेल्थका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत आयुष भगतसँग कुराकानी गरेको छ :

क्युरा हेल्थ सेवा सञ्चालनमा ल्याउनु भएको छ । यसको स्थापना कहिले र कुन उद्देश्यले गर्नुभएको हो ?
सन् २०२० नोभेम्बरमा हामीले क्युरा हेल्थको स्थापना गरेका थियौँ । आम नागरिकलाई मेडिकलसम्बन्धी सबै सेवा सहज रुपमा प्रवाह गर्न हामीले क्युरा हेल्थको स्थापना गरेका हौँ । यही उद्देश्यअनुसार अहिले हामीले क्युरा हेल्थबाट सेवा प्रवाह गरिरहेका छौँ ।

भिडिओः

यस किसिमको सेवा सञ्चालन गर्न यहाँलाई के कुराले प्रेरित गर्यो ?
म भारतमा सफ्टवेयर इन्जिनियरङ पढेको हुँ । त्यहाँ पढ्ने क्रममा म आफ्नो स्वास्थ्य जाँच गराउन अस्पताल गएँ । अस्पताल जाँदा मैले र म जस्ता बिरामी सेवाग्राहीले धेरै किसिमका समस्या भोग्नु पर्यो । औषधि लिन जाँदा पनि यस्तै झन्झट थियो । अस्पताल जाँदा बिरामी र सेवा प्रदायक डाक्टर तथा ल्याबबीच धेरै नै दूरी बढेकाे देखेँ । बिरामी अस्पताल जाँदा डाक्टर भेट नहुने, डाक्टरको समय थाहा नहुने, डाक्टर अपरेसनमा भइरहेका बेला पनि बिरामीले डाक्टर कुरेर बस्नुपर्ने, डाक्टर बिदामा बसेको बेला पनि थाहा नपाएर बिरामी अस्पताल पुग्ने जस्ता अनेक समस्या देखेँ । ल्याबको सेवा के के हुन्, शुल्क कति लाग्छ जस्ता कुराकाे केही जानकारी नहुने, अस्पतालको ल्याब महँगो पर्ने जस्ता अनेक समस्या मैले देखेँ । नेपालमा फर्केपछि यहाँ पनि यस्तै अनेक समस्या देखेँ । बिरामीले यी यस्ता समस्या भोग्नु नपरोस् भन्ने लाग्याे । घरमै बसेर अस्पताल, ल्याबको सेवा सुविधा बुझ्न सक्ने, डाक्टर तथा सेवाबारे बुझ्न सक्ने, शुल्क बुझ्न पाइने र घरमै बसेर पनि उपचार गराउन सक्ने किमिसको सेवा सञ्चालनमा ल्याउनु पर्छ भन्ने लाग्यो । त्यसो हुँदा हामीले यो सेवा सञ्चालनमा ल्याएका हौँ । यसले स्वास्थ्य सेवा लिने र दिने पक्षबीच प्रभावकारी सम्बन्ध स्थापित गरिदिन्छ ।

पढाइले यहाँ एक जना सफ्टवेयर इन्जिनिर । इन्जिनियरिङतर्फ नगएर स्वास्थ्य सेवाको क्षेत्रमा किन आउनु भयो ?
स्वास्थ्य सेवा तथा उपचार सबैकाे अनिवार्य आवश्यकता हो । तर, स्वास्थ्य सेवाग्राही र सेवा प्रदायकबीच रहेको दूरीलाई कम नगरी प्रभावकारी सेवा उपलब्ध गराउन सकिँदैन ।  सेवाग्राही र सेवा प्रदायकबीचको दूरीकै कारण यो सेवा हाम्रो देशमा जटिल बनेको छ, यसलाई हामी समाधान गर्न चाहन्छाैँ । स्वास्थ्य सेवा क्षेत्रभित्र इन्जिनियरिङलाई जोडेर हामी यी दुई पक्षको दूरी कम गर्न चाहन्छौँ ।

स्वास्थ्य सेवामा सफ्टवेयर इन्जिनियरिङको प्रयोग कसरी भइरहेकाे पाउनु भएकाे छ ?
डाक्टरहरुको अपोइन्टमेन्ट लिने(पुर्जी कटाउने)काम हामीले हाम्रो क्युरा हेल्थ मोबाइल एपबाट गरिरहेका छौँ । यसले डाक्टर र बिरामीलाई समय बर्वाद नगरी भेट्न सक्ने व्यवस्था मिलाउने गरेको छ । त्यस्तै, ल्याबहरुको सेवा, शुल्क, जान्न पुझ्न र सेवा लिन सक्ने बनाएका छाैँ । यो सबैमा सफ्टवेयर इन्जिनियरिङकै प्रयोग भएको छ ।

क्युरा हेल्थको मोबाइल एपबाट आम सेवाग्राहीले कसरी सेवा लिन सक्छन् ?
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले गुगल प्लेस्टोर र आईफोन प्रयोगकर्ताले एप स्टोरबाट क्युरा हेल्थ मोबाइल एप निःशुल्क डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड गरेपछि हामीले आफ्नो विवरण एपमा रजिस्ट्रेशन गर्न सक्छौँ । त्यसपछि सबै सेवाहरु त्यहीँ प्राप्त गर्न सक्छौँ । जस्तो डाक्टरको अपोइन्टमेन्ट लिनुपर्ने भयो भने डाक्टर र समय छनोट गरी भुक्तानी सुनिश्चित(पेइमेन्ट कन्फर्म) गर्नुपर्ने हुन्छ । त्यसपछि आफूले लिएको सयममै कुन अस्पतालको कुन डाक्टरको कुन सेवा लिन चाहेको हो त्यो सेवा तिनै डाक्टरबाट पाउन सकिन्छ । त्यस्तै, ल्याबको सेवा पनि सेवाग्राहीले छनोट गरेकै ल्याबबाट, छनोट गरिएकै समयमा घरमै बसेर वा ल्याबमै पुगेर लिन सकिन्छ । सेवा नचाहिने अवस्थामा पेइमेन्ट ‘क्यान्सिल’ गर्न पनि सकिन्छ । हामीले जति सक्छौँ एपलाई सहज बनाउने कोसिस गरेका छौँ । चलाउन सजिलो छ । यही कारण हालसम्म हामीले १० हजारभन्दा बढी सेवाग्राही प्राप्त गरेका छौँ ।

आफूले चाहेको अस्पताल, डाक्टर, ल्याबको सेवा आफूले चाहेकै समयमा छनोट गरेपछि शुल्क पनि त्यसैमा देखाउँछ ?
शुल्क पनि त्यसैमा आउँछ । शुल्कको दर पनि अस्पतालमै पुर्जा लिएको वा तिरेको भन्दा बढी पर्दैन । चाहेकै समयमा सेवा पाइन्छ । हामीले अस्पताल तथा ल्याबहरुसँग सहकार्य गरेकोले हामीसँग मोबाइल एपबाट सेवा लिँदा शुल्क सस्तो पर्छ । हामी घरमै गएर पनि सेवा दिन्छौँ । घरमै सेवा दिँदा पनि शुल्क उही रहन्छ । यसले मासिनको समय बचत हुन्छ ।

घरमै गएर नमुना लिँदा शुल्क बढी लाग्नु पर्ने होइन र ?
ल्याबसँग हामीले पार्टनरसीप गरेका कारण हामीले आफ्नो मुनाफा कम राखेर पनि सेवाग्राहीलाई कमै शुल्कमा सेवा दिन सक्छौँ । अर्कोतर्फ हामीलाइ ल्याबले लिने शुल्क पनि सेवाग्राही व्यक्तिगत रुपमा सेवा लिन गएको भन्दा कम लाग्छ । त्यसो हुँदा घरमै गएर नमुना संकलन गर्दा पनि हामीले कमै शुल्कमा गर्न सक्ने अवस्था रहन्छ ।

यहाँहरुसँग आवद्ध ल्याबले दिने रिपोर्टको विश्ववसनीयता कत्तिको छ ?
हामीसँग आवद्ध भएका ल्याब सरकारको एनपीएचएलको वर्गीकरणमा उच्च श्रेणीमै रहेका छन् । हामीसँग आवद्ध ल्याब ‘ए’ र ‘बी’ श्रेणीकै छन् । सरकारले प्रमाणित गरेको उच्च वर्गको ल्याब हुँदा यसकाे नतिजामा कुनै शंका लिनु पर्दैन । हामी घरमै गएर नमुना लिँदा पनि ल्याब परीक्षणका लागि रगत वा अन्य चिजको नमुना संकलन गछौँ । आइसप्याकयुक्त भ्याक्सिन बक्समा राखेर नमुना लगिने हुँदा यो बिग्रिने सम्भावना पनि हुँदैन । हामीसँग एसआरएल, एनआरएल, बिध ल्याब, क्रिष्टल, डा. लाल पाथ जस्ता धेरै ल्याबहरू जाेडिएका छन् ।

यहाँहरुसँग लिने सेवाको भुक्तानी चाहिँ कसरी गर्न सकिन्छ ?
सेवाको भुक्तानी गर्न इ–सेवा, खल्ती, फोनपे, बैंकहरुको कार्डबाट जस्ता धेरै विधि प्रयोगमा छन् । नगदमै पनि भुक्तानी गर्न सकिन्छ । नेपालमा प्राप्त सबै भुक्तानी प्रणाली हामीले प्रयोगगमा ल्याएका छौँ ।

नेपालमा अली फरक र नौलो टेलिमेडिसिन सेवा पनि यहाँहरुले दिइरहनु भएको छ । यो सेवा कसरी लिन सकिन्छ ?
हाम्रो बोबाइल एपमा गएपछि होमस्क्रिनमै ‘टेलिमेडिसिन’ भन्ने विकल्प पाउन सक्नुहुन्छ । टेलिमिडिसिन भनेको चाहिँ विशेषज्ञ चिकित्सकसँग घरमै बसेर अडिओ/भिडिओ सम्बादमार्फत उपचार मरामर्श लिने प्रक्रिया हो । अस्पताल जानु आवश्यक छैन भन्ने लागेको र डाक्टरको सल्लाह मात्रै चाहेको बेला हाम्रो एपमा गएर डाक्टरको छनोट गरेर सेवा लिन सकिन्छ । यो सेवा निःशुल्क छ । आफूले चाहेको डाक्टरको सेवा चाहेकै समयमा लिन सकिन्छ ।

सेवाग्राहीले आफूले चाहेको डाक्टरको योग्यताबारे कसरी जानकारी पाउन सक्छन् ?
हाम्रो डाक्टरको सम्पूर्ण जानकारी हाम्रै मोबाइल एपमा राखिएको छ । डाक्टरको विशेषज्ञता के हो ? कहाँ पढेका हुन् ? कति अनुभव छ भन्ने जस्ता सम्पूर्ण विवरण त्यहाँ राखिएको छ । कसैलाई नसोधी सेवाग्राहीले क्युरा हेल्थकै एपबाट यी सबै जानकारी पाउन सक्नुहुन्छ ।

स्वास्थ्य सचेतनाका कारण ‘होलबडी चेक’ गर्ने लहर पनि आएको छ । याे सेवाका लागि यहाँहरुको प्याकेज शुल्क कस्तो छ ?
होलबडी टेस्ट गर्दा हामीसँग आवद्ध ल्याबमा ३५ सय रूपैयाँ शुल्क लाग्छ । तर, प्रिमियम प्याकेजकाे सेवा लिन चाहिँ ५५ सय रुपैयाँ लाग्छ । याे सेवाका लागि पनि बालक, युवा, वृद्ध उमेर समूहका सेवाग्राीहीकाे फरक फरक प्याकेज र शुल्क छ ।

हालसम्म यहाँहरुसँग सेवाग्राही, अस्पताल, ल्याब र डाक्टर कति आवद्ध छन्, कहाँ कहाँबाट सेवा लिन सकिन्छ ?
हामीसँग १० हजारभन्दा बढी सेवाग्राही, ५० भन्दा बढी अस्पताल, ३ सय भन्दा बढी डाक्टर आवद्ध छन् । हामीले अहिले काठमाडौँ, पोखरा र विराटनगरबाट सेवा दिइरहेका छाैँ ।

सेवा विस्तारको योजना कस्तो छ ?
हामीले अहिले काठमाडौँ उपत्यका, भक्तपुर, ललितपुर, पोखरा र विराटनगरबाट सेवा दिइरहेका छौँ । देशभर सबै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध होस् भनेर हामीले यो सेवा सबैतिर विस्तार गर्ने तयारी गरिरहेका छौँ ।

स्वास्थ्य सेवा लिन चाहने सेवाग्राहीलाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?
पछिल्लो समय मानिसको जीवनशैली असाध्यै व्यवस्त बनेकाे छ । मानिस कामकाजी भएका छन् । फुर्सद निकाल्न गाह्रो छ । यस्तो अवस्थामा अस्पताल गएर घण्टौँ वा दिनभर डाक्टरलाई कुर्न, लाइन बस्न सजिलो हुँदैन । त्यसो हुँदा आफूमा स्वास्थ्य समस्या हुँदा हुँदै पनि अस्पताल जान हामी हिचकिचाउने गरेका छौँ । क्युरा हेल्थ एपमार्फत समय खेर नफाली सेवा लिन सकिन्छ । अर्को कुरा ल्याबको सेवा शुल्क महँगो भयो भन्ने गुनासो सुनिन्छ । तर, हामीमार्फत सेवा लिँदा ल्याबको सेवा महँगो छैन । त्यसो हुँदा सहज स्वास्थ्य सेवाका लागि क्युरा हेल्थ एप प्रयोग गरी सेवा लिनुहोस् भन्ने मेरो अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *