चुनावी तालमेलबारे कांग्रेसले भन्याे- ‘अहिल्यै निर्णय गरेकाे छैन’

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न निर्वाचनमा दलहरूसँग चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा कांग्रेसले निर्णय गरिनसकेकाे बताएका छन् । बुधबार केन्द्रीय कार्यालय सानेपामा आयाेजित पत्रकार सम्मेलनमा उपसभापति खड्काले यस्ताे बताएका हुन् । ‘आसन्न निर्वाचनमा कांग्रेसले चुनावी तालमेल गर्छ कि गर्दैन भन्नेबारे अहिले निर्णय भइसकेकाे छैन,’ उपसभापति खड्काले भनेका छन्, ‘अब केही दिनपछि केन्द्रीय समितिकाे बैठक बस्छ र निर्णय गर्छ ।’

कांग्रेसले फागुन २९ देखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ । याे अभियानपछि मात्रै कांग्रेसले यसबारे छलफल गर्ने भएकाे हाे । उपसभापति खड्काले थपे— ‘यसबारे कांग्रेसले त्यसपछि मात्रै निष्कर्ष निकाल्छ । अहिले गठबन्धनका नेताहरूले जे जे भनेपनि त्याे हाेइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =