रंगेलीका मेयर र उपमेयर माओवादी परित्याग गरी एमालेमा प्रवेश

विराटनगर । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचन जितेका रंगेलीका मेयर दिलिप बगडिया एमालेमा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार बनाएका बगडीया पछिल्लो समय माओवादी नेतृत्वमा देखिएको असन्तुष्टिका बिच एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले मोरङको आयोजनामा रंंगेलीमा तराई मधेश केन्द्रीत जनसभामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बगडियालाई पार्टीमा प्रवेश गराएका हुन् ।

उनीसँगै मोरङका बिभिन्न पालिकाबाट नेपालीी कांग्रेस र माओवादीबाट झण्डै ५ हजार एमालेमा प्रवेश गरेको नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

मंगलवार मात्र नेकपा माओवादी केन्द्रले मेयर बगडिया पार्टीबाट कार्वाही गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । प्रदेश कमिटिको नाममा सार्वजनिक भएको विज्ञप्तिमा बगडिया पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएकोले मेयरलाई कार्वाही गर्न निर्वाचन आयोगलाई लेखेर पठाइएको उल्लेख गरेको थियो ।

बगडियाकै नेतृत्वमा रंगेलीमा कार्यक्रमको आयोजना भएको बताईन्छ । रंगेली नगरपालिकाकी उपमेयर केशवकुमारी खराल र केही निर्वाचित वडा अध्यक्षहरू पनि एमालेमा प्रवेश गरेको एमाले मोरङ अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *