नोबेलको स्वास्थ्य शिविरमा पहिलो एक हजारबढीको उपचार

झापा । झापाको कनकाई नगरपालिका-३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो ।

कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारका लागि शिविरमा आएका १८९ जनाको रक्त परीक्षण, १७८ जनाको भिडियो एक्स-रे र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएका ३२ जनाको दाँत खोलिएको छ ।

शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ । नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेर ७५३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *