प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्ले प्रदेश १ को नाम सगरमाथा राख्न माग गरेको छ । परिषद् प्रदेश १ समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भेटेर प्रदेश १ को नाम सगरमाथा राख्न सुझाव दिएको हो ।

परिषद्का प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत सहित गएको टोलीले मुख्यमन्त्री राईलाई सुझाव पत्र पेस गर्दै प्रदेशको नाममा सबैको भावना समेटिने सगरमाथा नाम राख्न आग्रह गरे । ‘हरेक नामले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरितिरिवाज, परम्परा, खानपान, विभिन्न भूगोलका साथसाथै आ-आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महसुस गर्न सक्छ । त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महसुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ ।’

नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्ने भएकाले यो भन्दा उत्तम विकल्प अरू नाम नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *