हमाल मृत्यु प्रकरण : सई धामीविरुद्ध किटानी जाहेरी दर्ता

सुर्खेत ।  कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को मृत्यु भएको घटनालाई लिएर सुब्बाकुना प्रहरी इन्चार्ज (सई) शेरसिंह धामी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको छ ।

मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ बर्षीय हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् । प्रहरीको कुटाईबाट कृष्णको मृत्यु भएको भन्दै प्रहरी इञ्चार्ज धामीविरुद्ध किटानी जाहेरी दर्ता गर्न गरिएको हो ।

शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्धार सुब्बाकुनामा हमाल सवार भे १ क ९२२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर हमाललाई कुटपिट गरेको र त्यसैकारण उनको मृत्यु भएको आफन्तको दाबी छ ।

जाहेरीमा हमालको प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ। हमालले आफ्नो संवेदनशिल अंगमा कुटपिट गरीएको बताएको पनि  जाहेरीमा उल्लेख गरिएको छ ।

वीरेन्द्रनगरकै चाइनापुल पुग्दा अन्य सबै जना गाडीबाट निस्कदा उनी निस्कन सकेनन्’, जाहेरीमा भनिएको छ,‘त्यसपछि उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरीसकेपछि गाडीमा पुग्दा कृष्ण बेहोस अबस्थामा भेटिए । हतारमा सुर्खेत अस्पताल भर्ना गर्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *