पललाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय माग गरेकोमा जिल्ला अदालतले १२ दिनको समय दिएको प्रहरीले जनाएको छ ।

बलात्कारको उजुरी परेपछि केही दिन सम्पर्कविहीन भएका शाह १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =