प्रतिनिधिसभामा आइतबार के-के भयाे ?

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।

समितिमा एमालेका तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे , कृष्ण भक्त पोखरेल रहेका छन् ।

त्यस्तै, कांग्रेसबाट मीन बहादुर विश्वकर्मा, राम बहादुर बिष्ट , माओवादी केन्द्रका तर्फबाट यसोदा सुवेदी, रेखा शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीका तर्फबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मिया र जसपाबाट प्रमोद साह रहेका सभामुख अग्नी सापकोटाले जानकारी दिए ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ । त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि पढेर सुनाइएको छ । आइतबारको बैठकमा पनि एमाले सांसदहरूले नारावाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २९ गते आइतबार बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =