‘अर्ली ईलेक्सन’काे चर्चालाई स्वाभाविक मान्नुपर्छ : नेपाल

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली ईलेक्सन’काे चर्चालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् । आइतबार बसेकाे संसद् बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । ‘केपी ओलीको एमालेले संसद् पनि चल्न नदिने, गञ्जागोल कायम राख्ने, हामीलाई पनि दुःख दिने काम गरिरहेको छ । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली ईलेक्सनमा जानु उत्तम हुन्छ भनेर कुरा आएको छ । संसद् नै नरहेपछि ओलीको वितण्डा पनि खत्तम हुन्छ,’ अध्यक्ष नेपालले भनेका छन् ।

अर्ली ईलेक्सनकाे हल्ला चलिरहेकाे छ नि ? भन्ने पत्रकारहरूकाे प्रश्नमा अध्यक्ष नेपालले भनेका छन्— ‘यसलाई स्वाभाविक रूपमा लिनुपर्छ/मान्नुपर्छ । सदन चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने । त्यस्तो हो भने त्योभन्दा पहिले संसद्ले नै केपी ओलीको वितण्डा सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद् रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’

संसद् भंग भएर अर्ली ईलेक्सन भएमा वैशाख ३० काे स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने प्रश्नमा अध्यक्ष नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =