दमौलीको हार्डवेयरमा भीषण आगलागी

पोखरा । तनहुँको सदरमुकाम दमौली स्थित एक पसलमा आगलागी भएको छ । दमौली स्थित भुपाल हार्डवेयरको गोदाममा आगलागी भएको हो ।

दमकलले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रणमा आएको छैन । दमकलको क्षमता कम भएकोले गृह मन्त्रालय अन्तर्गत विपद शाखाबाट हेलिकोप्टर झिकाइएको छ ।

केही बेरमा हेलिकोप्टरबाट पानी फालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आगलागीले नजिकका पसलहरूमा समेत क्षति पुग्न सक्ने देखिएको छ । करोड भन्दा बढीको क्षति भएको आंकलन गरिएको छ ।

आगो कसरी सल्कियो भन्ने कुनै जानकारी छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *