मेयरले नै अरूको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाइयो

काठमाडाैँ । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरूको नाममा भोट खसालेपछि मतदान रद्ध भएको छ । शनिवार शुरु भएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा मेयर एव सभापतिका उम्मेदवार समेत रहेका यादवले अरूको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भए भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो ।

सभापतिका उम्मेदवार रहेका राजेश राय यादवले अरूको नाममा समेत भोट खसालेपछि विवाद उत्पन्न भएको नेपाली कांग्रेसका नगर सचिव मुकेश यादवले बताए । निर्वाचन अधिकृतको लापरबाहीले गर्दा मतदाताहरू आफूखुसी मतपत्र लिएर खुल्ला चौरमा मतदान दिन थालेपछि मतदान रद्ध भएको नेपाली काग्रेसका नगर सचिव यादवले बताए ।

नेपाली काग्रेसका सभापतिको प्यानलबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव र शेखर कोइरालाको प्यानलबाट रामानन्द यादव लगायत २२७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए । स्थिति तनावग्रस्त भएपछि निर्वाचन रद्ध गरिएको उनले बताए । बारा जिल्लामा कुल २४ सय २१ मतदाता रहेका छन् । करिब एक हजार ५ सय खसेको मतलाई उम्मेदवार र प्रहरीको रोहवरमा जलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *