सुर्खेतमा एकजनाको शंकास्पद मृत्यु, प्रहरीको कुटाइबाट मृत्यु भएको आफन्तको आरोप

सुर्खेत । सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु मृत्यु भएको छ । कालिकोटको तीलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमाल ‘मिनी’ हमालकाे शंकास्पद मृत्यु भएको हाे । हमाललाई दुईजनाले उपचारका क्रममा सुर्खेत हस्पिटलमा ल्याएको तर, चेकजाँच गर्दा मृत्यु भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।

शनिवार सुर्खेत अस्पतालले एक विज्ञप्ति जारी गर्दै बिहान १०:१५ बजेको समयमा दुई जना व्यक्तिले बेहाेश अवस्थामा हुनुहुन्छ, भन्दै अस्पतालको आकस्मिक कक्षमा ल्याएको बताएको छ ।

अस्पतालको प्रशासनकाअनुसार हमालको डाक्डर केएन पौडेलले जीवित चिह्नहरू [नाडीको गति, श्वासप्रश्वास, मुटुको धड्कन] ले काम नगरेको र अस्पताल ल्याउनु अगाडि नै मृत्यु भएको जनाएको छ ।

प्रहरीको कुटाइबाट मृत्यु भएको आफन्तको आरोप

हमालका आफन्तहरूले भने प्रहरीको कुटपिटपछि उनकाे मृत्यु भएकाे आराेप लगाएका छन् । आफन्तहरूकाअनुसार भे १ क ९२२ नम्बरको ट्रकमा समान लिएर नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरको सुब्बाकुनामा प्रहरी चेकपोष्टमा मापसे गरेको भन्दै प्रहरीले शुक्रबार साँझ कुटपिटपछि मृत्यु भएको भन्दै आरोप लगाएका हुन् ।

हमाल कालिकोटका व्यापारीसमेत थिए ।

यता जिल्ला प्रहरी कार्यालय, सुर्खेतले के कति कारणले प्रहरीले कुटपिट गरेको हो ? भन्नेबारेमा प्रहरीले छलफल गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले यसको लागि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

हमालको शव अहिले सुर्खेत हस्पिटलमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *