एमसीसी लागू हुने भयाे, अब नेपाल धनी हुन्छ : पाैडेल
२०७८ फागुन २१ गते

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले एमसीसी पारित भएकाे र अब नेपालले विकासमा फड्काे मार्ने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय कार्यसमितिकाे ८औं महाधिवेशनलाई सम्बाेधन गर्दै नेता पाैडेलले यस्ताे बताएका हुन् । ‘नेपालले अब विकासमा फड्काे मार्ने छ,’ नेता पाैडेलले भनेका छन्, ‘एमसीसी नेपालकाे संसद्ले पारित गरिसकेकाे छ । अब सडक बन्छ, प्रशारण लाइन बन्छ । अब नेपाल धनी हुन्छ । नेपाल देश गरिब रहनु हुन्न ।’
समृद्धि, सुशासन, विकास र सामाजिक न्याय समाजकाे अभिन्न तत्व भएकाे औंल्याउँदै नेता पाैडेलले एमसीसीले यसमा सहयाेग गर्ने बताए ।
२०७८ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








