ओली भन्छन्- प्रदेश १ काे नाम काेशी राख्नुपर्छ

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ काे नाम काेशी राख्नुपर्ने बताएका छन् ।  गृहजिल्ला झापामा आयाेजित प्रेस चौतारी नेपाल, प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘काेशी सभ्यता सबैको साझा पहिचान हो,’ ओलीले भनेका छन्, ‘प्रदेश १ काे नाम काेशी राख्नुपर्छ ।’

प्रदेश १ काे सभ्यताअनुसार नाम काेशी नै हुने ओलीकाे जिकिर छ । ‘प्रदेश १ काे सभ्यतालाई मनन गर्दाखेरी त्यसकाे नाम काेशी नै भयाे भने राम्राे हुन्छ ।’

प्रदेश १ काे सन्दर्भमा ओलीले यसरी बाेल्नुलाई महत्त्वपूर्ण रूपमा हेरिएकाे छ । प्रदेश १ सभामा एमालेबाहेक दुईतिहाइ पुग्दैन । त्यसमा एमालेले नै साथ दिनुपर्छ । यसअघि प्रदेश १ सरकार एमालेकै नेतृत्वमा थियाे । अहिले भने एकीकृत समाजवादी पार्टीले नेतृत्व गरिरहेकाे छ ।

मुख्यमन्त्री राजेन्द्र राईले आफ्नै कार्यकालमा प्रदेशकाे नामाकरण गर्ने दाबी गरेका छन् । यसअघि गत फागुन १० गते प्रदेशकाे नामाकरणकै लागि सर्वदलीय बैठक बसेकाे थियाे । उक्त बैठकले प्रदेशकाे नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्न प्रस्ताव गरेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =