कांग्रेस नवलपुरको सभापतिमा जिसी सर्वसम्मत

पोखरा । नेपाली कांग्रेस नवलपुरको जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी सर्वसम्मत चयन भएका छन् । लामो छलफलपछि जिसी सर्वसम्मत भएका हुन् । सभापतिमा हालका सचिव बालकृष्ण घुमिरेलेसमेत दाबी गरेका थिए ।

घिमिरेले जिसीलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ । अरू पदमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ ।कांग्रेसको केन्द्रीय निर्णय अनुसार चुनाव भएको हो ।

यसअघि विवादका कारण अधिवेशन रोकिएको थियो । अरू पदमा पनि सर्वसम्मतका लागि प्रयास भइरहेको छ । सर्वसम्मत नभएका पदमा भोलि मतदान गराइने निर्वाचन समितिका संयोजक गोविन्द सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *