माओवादी पोखरा महानगरको अध्यक्षमा विज्ञान चयन

पोखरा । नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटी अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन् । बिहीबार गिरीको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा भानुभक्त अधिकारी, पुष्पकमल ढुङ्गाना र हर्कमान बिक चयन भएका छन् भने सचिवमा जनकराज सुवेदी चयन भए । यस्तै, सह-सचिवमा विमला पहारी र कोषाध्यक्षमा सूर्यप्रकाश तिवारी सर्वसम्मत चयन भएका छन् ।

आकाङ्क्षीहरू धेरै भएपछि तोकिएको भन्दा ३ महिना ढिलो अधिवेशन सकिएको हो । ९९ सदस्यीय कमिटी मध्ये अहिले ८३ सदस्य चयन भएका छन् । बाँकी सदस्यहरू मनोनीत हुने महानगर इन्चार्ज दीपक कोइरालाले जानकारी दिए ।

गण्डकी प्रदेशका ८५ पालिका मध्ये कास्कीका माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका तथा गोरखाको पालुङटार नगर कमिटी गठन हुन बाँकी छ । त्यसपछि प्रदेश कमिटी पूर्ण हुनेछ भने प्रदेश कमिटीले जिल्ला संयोजन कमिटी गठन गर्नेछ । माओवादी विधानले जिल्लालाई कार्यकारी अधिकार भने दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =