एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले प्रदर्शन गर्दै

काठमाडौँ । एमसीसी अनुमोदन भएको विरोधमा साना कम्युनिस्ट पार्टी र मोर्चाले जनसभामा गर्ने भएका छन् । उनीहरूले आज काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन तथा सभा गर्ने भएका हुन् ।

संसद् बाहिरका साना ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले संयुक्त रूपमा घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आज उपत्यकामा विरोध प्रदर्शन तथा सभा गर्ने जनाएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (मसाल), मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र र कणर्जित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी माओवादी समाजवादीले संयुक्त रूपमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी बुधबारै चैत ६ गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरिसकेका छन् । जसअनुसार फागुन २० गते (आज) काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा, फागुन २२ गते बुद्धिजीवीहरूसँग अन्तरक्रिया, फागुन २४ गते विरोध प्रदर्शन र सभा, फागुन २६ गते विद्यार्थीद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा, फागुन २८ गते युवाद्वारा विरोध प्रदर्शन र सभा छन् ।

यस्तै फागुन ३० गते मजदुरद्वारा विरोध प्रदर्शन र सभा, चैत २ गते किसानद्वारा विरोध प्रदर्शन र सभा, चैत ४ गते श्रमिक र दलित समुदायद्वारा विरोध प्रदर्शन र सभा, चैत ६ गते मोर्चाहरूको विरोध प्रदर्शन र सभा गरिने ती पार्टीले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =