नेपाल स्काउट बचाउन तदर्थ समिति खारेज गर्न माग

काठमाडाैँ । नेपाल स्काउटलाई बचाउन लोकबहादर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गरी तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न स्काउट बचाउ अभियानले माग गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।

अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावली विपरीत खर्चहरू गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ ।

स्काउटलाई राजनीतिक दलको भर्तीकेद्र बनाउने व्यक्तिहरूलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ । अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेण्डर व्यापारिक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपत्ति जनाएको छ ।

पत्रकार सम्मेलनमा स्काउटको सल्लाहकार तथा गर्ल्स सह–प्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरीत काम गरेको आरोप लगाए ।

अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =